निर्माण व्यवसायीले विकासको कार्य गुणस्तरीय गर्नुपर्छ : मुख्यमन्त्री कार्की

लोकपथ
14
Shares
df]/ª,( kmfu’g-/f;;_M k|b]z g+ ! sf d’VodGqL lxSdts’df/ sfsL{ lgdf{0f Joj;foL dxf;‹ k|b]z g+ ! sf] !$+ cf}+ ;fwf/0f ;ef Pj+ clwj]zgsf] dªunaf/ lj/f6gu/df pb3f6g ub}{ .tl:a/M dgf]h bfxfn÷/f;;

मोरङ । प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले निर्माण व्यवसायीले विकास निर्माणमा गुणस्तरीय कार्य गर्नुपर्ने बताएका छन् ।

निर्माण व्यवसायी महासंघ प्रदेश नम्बरको १ को १४ औँ साधारणसभा एवं अधिवेशनको आज यहाँ उद्घाटन कार्यक्रममा उनले संघीयता स्थापनापछि मुलुकमा पूर्वाधार निर्माणको कार्यमा तीव्रता लिएको अवस्थामा व्यवसायीले तोकिएको समयमा निर्माण कार्य सम्पन्न गर्नुपर्ने धारणा राखे ।

मुख्यमन्त्री कार्कीले पूर्वाधार निर्माणमा व्यवसायीले गुणस्तरीय कार्य गर्नुपर्नेमा जोड दिँदै कार्य गर्दा आउने समस्या समाधानका लागि सरकार, निर्माण व्यवसायी र कामदारबीच समन्वय कायम गरी समाधान गर्ने विचार राखे ।

उनले प्रदेश सरकार निजी क्षेत्रसँग हालेमालो गरी समृद्धि कायम गर्न प्रतिबद्ध रहेको चर्चा गर्दै संघीय सरकारले निर्माण व्यवसायका सम्बन्धमा बनाएको नीति केही त्रुटि भए त्यसलाई सच्च्याउन पहल गर्ने विश्वास दिलाए ।

महासंघका केन्द्रीय अध्यक्ष रवि सिंह, प्रदेश संयोजक कमल गौतमलगायतले सरकारले छड, सिमेन्ट, ढुङ्गा, गिट्टीको गणस्तर सम्बन्धमा आवश्यक अनुगमन गर्नुपर्ने सुझाव दिए । साधारणसभामा प्रदेशका १४ जिल्लाका अध्यक्ष, प्रतिनिधि गरी सात सय जनाको सहभागिता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?