प्रधानमन्त्री समक्ष महन्थलाई राष्ट्रपति बनाउने लोपसा नेताको प्रस्ताव

लोकपथ
63
Shares

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरलाई राष्ट्रपति बनाउने प्रस्ताव प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सम्म पुगेको छ ।

मंगलबार दिउँसो लोसपाका नेताहरु राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ला, शरदसिंह भण्डारी र अनिल झा प्रधानमन्त्री निवास पुगेका थिए । सो क्रममा उनीहरुले ठाकुरलाई प्रधानमन्त्री बनाउनुपर्ने प्रस्ताव गरेका हुन् ।

राष्ट्रपतिको निर्वाचनबारे राजनीतिक वृत्तमा माहोल तातेका बेला प्रधानमन्त्री प्रचण्डले सोमबार १२ बुँदे पक्षधर एक ठाउँमा हुनुपर्ने बताएका थिए । त्यससँगै नेताहरु ठाकुर १२ बुँदे अघिदेखि कै नेपाली राजनीतिको साक्षी रहेको भन्दै उनलाई राष्ट्रपति बनाएर राष्ट्रिय सहमति खोज्नुपर्ने प्रस्ताव राखेका हुन् ।

त्यसमा प्रधानमन्त्री समेत सकारात्मक रहेको नेताहरुले प्रतिक्रिया दिएका छन् ।

त्यस्तै सो प्रस्तावबारे आजै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग समेत भेट्ने तयारी गरेका छन् । भने भोलि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट्ने तय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?