चार खर्ब २३ अर्ब रुपैयाँ नाघ्यो बैकिङ क्षेत्रको चुक्ता पुँजी

लोकपथ
39
Shares

काठमाडौं । बैंकिङ क्षेत्रको कुल चुक्ता पुँजी चार खर्ब २३ अर्ब ७५ करोड ८० लाख रुपैयाँ पुगेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा सञ्चालनमा रहेका २२ वटा वाणिज्य बैंक, क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी १७ वटा विकास बैंक र १७ वटा फाईनान्स कम्पनीसहितका ५६ वटा संस्थाहरुले उक्त परिमाणमा चुक्ता पुँजी कायम गरेका हुन् ।

यस अवधिमा बैंकिङ क्षेत्रको कुल निक्षेप तथा कर्जा रकम भने क्रमशः ५३ खर्ब ६० अर्ब ६४ करोड ५० लाख र ४८ खर्ब ४० अर्ब १९ करोड ६० लाख रुपैयाँ पुगेको छ । राष्ट्र बैंकका अनुसार बैंकिङ क्षेत्रले कायम गरेको कुल चुक्ता पुँजीमध्ये वाणिज्य बैंकहरुको मात्र चुक्ता पुँजी भने तीन खर्ब ६९ अर्ब ७२ करोड ४० लाख रुपैयाँ पुगेको छ ।

यस अवधिमा वाणिज्य बैंकहरुको कुल निक्षेप ४७ खर्ब १७ अर्ब, ५० लाख रुपैयाँ पुगेको छ भने कुल कर्जा रकम ४२ खर्ब ८४ अर्ब ७१ करोड ५० लाख रुपैयाँ पुगेको छ । विकास बैंकहरुको मात्र कुल चुक्ता पुँजी भने पछिल्लो अवधिमा ३९ अर्ब १७ करोड ६० लाख रुपैयाँ पुगेको छ ।

राष्ट्र बैंकका अनुसार चालु आवको पुस मसान्तसम्ममा बिकास बैंकहरुको कुल निक्षेप रकम पाँच खर्ब ३४ अर्ब ३७ करोड ८० लाख रुपैयाँ पुग्दा कुल कर्जा रकम भने चार खर्ब ६२ अर्ब ४४ करोड १० लाख रुपैयाँ पुगेको छ ।

फाईनान्स कम्पनीहरुको मात्र चुक्ता पुँजी भने पछिल्लो अवधिमा १४ अर्ब ८५ करोड ८० लाख रुपैयाँ पुगेको छ । यस अवधिमा फाईनान्स कम्पनीहरुको कुल निक्षेप तथा कर्जा रकम क्रमशः एक खर्ब नौं अर्ब २६ करोड २० लाख र ९३ अर्ब चार करोड १० लाख रुपैयाँ पुगेको राष्ट्र बैंकको भनाई छ ।

बैंकिङ क्षेत्रको निक्षेप कर्जा सम्वन्धी विवरण (रकम रु लाखमा)
विवरण                   वाणिज्य बैंक         विकास बैंक       फाईनान्स             कुल
चुक्ता पुँजी                ३६९७२४             ३९१७६             १४८५८            ४२३७५८
निक्षेप                      ४७१७००५           ५३४३७८           १०९३६२           ५३६०६४५
कर्जा                       ४२८४७१५           ४६२४४१           ९३०४१             ४८४०१९६
(श्रोतः नेपाल राष्ट्र बैंक)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?