सबै नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिन राष्ट्रपतिको आग्रह

लोकपथ
26
Shares
x]6f}F8f, ( kmfu’gM c:ktfn ejg pb3f6g sfo{qmd ;Daf]wg /fi6«klt ljBfb]jL e08f/L dªunaf/ dbg e08f/L :jf:Yo lj1fg k|lti7fg x]6f}F8f c:ktfnsf] gjlg{ldt ejg pb3f6g sfo{qmd ;Daf]wg ug'{x’Fb} . tl:a/M c~hnL yfkf÷/f;;

मकवानपुर । राष्ट्रपति विद्यादेवी भण्डारीले आम नागरिकलाई सुलभ रुपमा गुणस्तरीय स्वास्थ्य उपचार सेवा दिन आग्रह गरेकी छन् ।

यस कार्यका लागि संघीय सरकार, प्रदेश सरकार र स्थानीय निकायहरु आपसमा समन्वय गरेर प्रभावकारी रुपमा अघि बढ्न पनि उनले आह्वान गरिन् । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौंडा अस्पतालको नवनिर्मित भवनको आज यहाँ उद्घाटन गर्दै उनले सो आह्वान गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले उक्त प्रतिष्ठानलाई पनि स्वास्थ्य सेवालाई गुणस्तरीय, स्तरोन्नति र दक्ष जनशक्ति उत्पादनका लागि इमान्दारीपूर्वक कार्य क्षेत्रमा क्रियाशील हुन आग्रह गरिन् ।

राष्ट्रपति भण्डारीले संविधानले आधारभूत स्वास्थ्य सेवालाई नागरिकको मौलिक हकका रुपमा स्थापित गरेको उल्लेख गर्दै स्वास्थ्य क्षेत्रका अनुसन्धानमूलक एवम् दक्ष जनशक्ति उत्पादन गर्ने कार्यलाई प्रदेश सरकार र स्थानीय निकायले आत्मसात् गरेर अघि बढ्न आह्वान गरिन् ।

उनले विपन्न नागरिकलाई स्वास्थ्य उपचार सेवा प्रदान गरी उनीहरुलाई उपचार विधिमा विश्वस्त तुल्याउन मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान नयाँ रणनीतिका साथ अघि बढ्नुपर्नेमा पनि जोड दिइन् । उनले विभिन्न समय र मौसममा हुने संक्रमणबाट मुलुकका सबै नागरिकलाई जोगाउन अस्पताल तथा यहाँका स्वास्थ्य क्षेत्रका जनशक्तिले जनचेतना जगाउने काम गर्नुपर्ने पनि बताइन् ।

समय समयमा देशका विभिन्न प्रदेशमा डेङ्गु र हैजा जस्ता रोगहरुको संक्रमणले चुनौती थपिएकाले स्वास्थ्य क्षेत्रका विशेषज्ञहरु समयमै ती रोगहरुलाई नियन्त्रणमा ल्याउने काममा खटिनुपर्ने आवश्यकता रहेको पनि उनले बताइन् ।

राष्ट्रपति भण्डारीले बागमती प्रदेश सरकारले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन पारित गरेर २०७६ असोज २ गते हेटौंडा अस्पतालाई सो प्रतिष्ठान अन्तर्गत ल्याएर सर्वसाधारण नागरिकहरुलाई तत्कालै स्वास्थ्य उपचार सेवालाई सुलभ बनाउने र दक्ष चिकित्सक र स्वास्थ्यकर्मी उत्पादन गर्ने कार्यमा लागेको भन्दै सो कार्य प्रशंसनीय रहेको बताइन् ।

उक्त अवसरमा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले प्रदेश सरकारले पहिलो कार्यकालमा नै मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७३ पारित गरेर प्रदेशको राजधानी हेटौंडाको जिल्ला अस्पताललाई स्तरोन्नति गर्दै गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले सो प्रतिष्ठानको मातहतमा ल्याइएको उल्लेख गरे ।

उनले प्रदेशका अस्पतालहरुलाई स्तरोन्नति गरी दक्ष चिकित्सक र स्वास्थ्यकर्मी उपलब्ध गराइएको तथा बेलाबेलामा आइपर्ने कोभिड–१९, डेङ्गु रोगलाई नियन्त्रणमा लिन आवश्यक जनशक्ति र बजेट विनियोजन गरिएको पनि जानकारी गराए ।

उक्त अवसरमा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले मकवानपुरको पुरानो जिल्ला अस्पताल हेटौंडालाई बिरामीको उपचार सेवाभन्दा बाहिर रिफर गर्ने प्रवृत्ति बढेकामा चिन्ता व्यक्त गर्दै हेटौंडा अस्पताललाई अब भदन भण्डारी प्रतिष्ठान अन्तर्गत सञ्चालनमा ल्याइएपछि स्वास्थ्य सेवालाई भरपर्दो र तत्कालै गुणस्तरीय सेवा प्रदान गर्न प्रतिष्ठानले विभिन्न चरणमा आफ्नो प्रयास जारी राखेको बताए ।

उनले अब निकट भविष्यमा सो अस्पतालबाटै मिर्गौलाको प्रत्यारोपण र मुटु रोगको शल्यक्रिया गर्ने प्रकृतिको उपचार सेवाका लागि प्रयास हुनुपर्नेमा पनि जोड दिए ।

सो अवसरमा बागमती प्रदेशका स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठले बागमती प्रदेशको राजधानी हेटौंडाको अस्पताललाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा रुपान्तरण गरेर प्रदेशका विभिन्न जिल्लाका बिरामीलाई तत्काल उपचार सेवा दिइने र सबै नागरिकलाई स्थानीय निकायको स्वास्थ्य क्षेत्रमा सहज पहुँच पु¥याउन प्रदेश सरकारले प्रदेशका १३ वटै जिल्ला अस्पतालमा चिकित्सक, स्वास्थ्यकर्मी र विभिन्न उपकरणहरु उपलब्ध गराइसकिएको पनि बताए ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.विश्वराज जोशी र डिन दुर्गकुमारी मिश्रले सो प्रतिष्ठानले हेटौंडामा स्वास्थ्य क्षेत्रका दक्ष जनशक्ति उत्पादन गर्ने, एमबीबीएस फार्मेसीलगायत अन्य विषयमा पनि उच्च शिक्षा अध्यापन गराउने उद्देश्यले हाल सो प्रतिष्ठानलाई आवश्यक पर्ने जग्गा उपलब्ध गराउन संघीय सरकार र प्रदेश सरकारलाई अनुरोध गरी सम्बन्धित निकायमा पत्राचार भइरहेको बताए ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौंडा अस्पतालको नवनिर्मित भवनको उद्घाटन गर्न राष्ट्रपति भण्डारी आज बिहान हेटौंडा आएकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?