प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा सापकोटा र जनसम्पर्कमा आचार्य नियुक्त

लोकपथ
21
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का परराष्ट्र सल्लाहकारमा डा.रुपक सापकोटा नियुक्त भएका छन् ।

पूर्व सभामुख एवम् माओवादी उपाध्यक्ष अग्निप्रसाद सापकोटाका छोरा सापकोटा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार नियुक्त भएका हुन् । उनले चीनको रेन्मिङ विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्धमा विद्यावारिधि गरेका थिए ।

तत्कालीन केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला उनी परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको उपकार्यकारी निर्देशक थिए ।

यस्तै, प्रधानमन्त्रीकाे प्रशासन तथा जनसम्पर्क सल्लाहकारमा रामदीप आचार्य, जनसम्पर्क विज्ञमा देवेन्द्र पराजुली, बुद्धि जिसी नियुक्त भएका छन् ।

प्रधानमन्त्रीको आर्थिक सल्लाहकार भने अझै नियुक्त भएका छैनन् । यसअघि प्रधानमन्त्रीको राजनीतिक सल्लाहकारमा हरिबोल गजुरेल नियुक्त भएका थिए । यस्तै, प्रेस विज्ञमा मनहरि तिमल्सिना, प्रेस संयोजकमा सुर्यकिरण शर्मा नियुक्त भएका थिए ।

प्रधानमन्त्रीको स्वकीय सहसचिवमा गोकर्णप्रकाश भट्ट र आइटी विज्ञमा प्रकाश रायमाझी नियुक्त भइसकेका छन् । प्रधाानमन्त्री नियुक्त भएकै दिन मुख्य स्वकीय सचिवमा सन्तकुमार दरै, स्वकीय सचिवमा रमेश मल्ल र गंगा दाहाल नियुक्त भएका थिए ।

यस्तै, शिव खकुरेल पनि प्रधानमन्त्रीको सचिवालयमा छन् । फोटो स्पेसलिस्टमा प्रदीपराज वन्त छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?