राजदूत शेर्पाको छानविन अन्तिम चरणमा : परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं । मानव तस्करी तथा श्रम शोषणको आरोप लागेकि अष्टे«लियाका लागि नेपाली राजदूत लक्की शेर्पाको छानविन अन्तिम चरणमा पुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

आइतवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सो कुरा भएको हुन् । 

परराष्ट्रमन्त्री ज्ञवालीले भेन, ‘विवादमा मुछिएकी राजदूत शेर्पाबारेको छानविन अन्तिम चरणमा पुगेको छ, छानविन प्रतिवेदन आएपछि त्यसैका आधारमा सरकार अघि बढ्नेछ ।’ 

मंसिर २३ गते नेपाल आइपुगेकी शेर्पासँग मन्त्रालयद्वारा गठित ३ सदस्यीय समितिले छानबिन थालेको थियो । 

राजदूत शेर्पाले आफ्नो कुटनीतिक मर्यादा विपरित काम गर्ने स्पष्टिकरण दिन काठमाडौँ बोलाएको थियो ।

राजदूत शेर्पाकोे सवारी चालक वाङ्छु शेर्पाले लक्कीमाथि मानव तस्करी तथा श्रम शोषणको आरोप लगाएको थियो ।

वाङ्छुले राजदूत शेर्पा र उनका श्रीमान् न्वाङ्ग सोनाम शेर्पा मानव बेचबिखनमा संलग्न रहेको आरोप लगाएका थिए ।

राजदूत शेर्पाका श्रीमान्ले आफूसँग करिब ३३ लाख रुपैयाँ लिएर अस्ट्रेलिया ल्याएको वाङ्छुले आरोप लगाएका हुन् । साथै अरु केही मानिसहरुलाई अस्ट्रेलिया ल्याउन पहल गर्ने भन्दै रकम उठाउन परिचालन गरेको आरोप समेत राजदूतका सवारी चालक वाङ्छुले लगाएका छन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?