राष्ट्रपतिका लागि माधव नेपालको आकांक्षा- ‘अरुका लागि मात्र बलिदानी दिँदैनौं’

लोकपथ
143
Shares

दाङ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफ्नो नाम नयाँ राष्ट्रपतिको उम्मेदवारका रुपमा चर्चामा ल्याइएपनि टुग्गोमा भने पुगिनसकेको बताएका छन् ।

अध्यक्ष नेपालले भनेका छन्, ‘चाहना राख्ने कुरा बेग्लै हो । मैले नै के गर्ने भन्ने पनि सोचिसकेको छैन । हाम्रो पार्टीले नै के गर्ने भन्ने सोचिसकेको छैन । पार्टीको धारणा भने, पावर शेयरिङमा हाम्रो पार्टीलाई सहभागि गरिनुपर्दछ । अरुका लागि मात्र बलिदानी दिने र अरुले मात्रै फाइदा उठाउने कुरा हुन सक्दैन ।’

अध्यक्ष नेपालले यसअघिका छलफलमा भने आफ्नो दलका व्यक्तिलाई राष्ट्रपति बनाउन कांग्रेस र माओवादीले प्रस्ताव नै गरेको भन्दै आफ्नो नाममा राष्ट्रिय सहमति हुनसक्ने संकेत पनि गरे ।

दाङमा पत्रकारहरुसँग कुरा गर्दै नेता नेपालले बाहिर चर्चामा आए जस्तो त होइन, छलफल हुनु सामान्य विषय भएको पनि बताए । यस्ता चर्चाहरु टुग्गोमा पुग्न पनि सक्छ नपुग्न पनि सक्छ, उनले भने ।

राष्ट्रपतिको उम्मेदवारीकै लागि नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग चार÷चार घण्टा वार्ता भएको भन्दर्भमा उनले भने, ‘पर्दा पछाडीको कुरालाई पर्दाभित्रै रहन दिऔं ।’ मन मिल्नेहरुसँग संवाद, वार्ता हुनु नौलो र अनौठो नहुने भन्दै अध्यक्ष नेपालले भने, ‘बोल्ने कुरामा हतार नगरौं । अहिलेलाई पर्दा पछाडी नै रहोस् ।’

उनले आफ्नो नीति, विचार र सिद्धान्त त्यागेर पदकै लागि मात्रै सहमति नगर्ने पनि बताए । देशको हित र संविधानको रक्षा गर्न, संघीयताको बचाउ र सुदृढ गर्न आफूहरुको ध्यान केन्द्रित रहने पनि उनले बताए । नयाँ राष्ट्रपति कुन पार्टीको हुने भन्नेमा सत्ता गठबन्धनका मुख्य दुई दल एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष एवं विवाद बढिरहेका बेला नेकपा एसका अध्यक्ष नेपाल नयाँ उम्मेदवारका बीचमा मैदान देखिएका छन् ।

माओवादीले एमालेका उम्मेदवारलाई सघाउन नसक्ने बताएपछि एमाले अध्यक्ष ओलीले नेपाललाई राष्ट्रपति बन्न र उनको दललाई एमालेमा समाहित गर्न नयाँ प्रस्ताव राखेका छन् । यसैबारेमा सोमबार मात्र ओली र नेपालबीच लामो वार्ता भएको थियो । पार्टी विभाजनपछि अत्यन्तै कटू सम्बन्धमा रहेका दुई नेताबीच घण्टौं वार्ता हुनुले नेपाल एमालेका तर्फबाट राष्ट्रपतिको उम्मेदवार बनाइनसक्ने अनुमान गरिएको छ । दुई नेताबीच छलफल हुन अगाडी एमालेका दोस्रा तहका नेताहरुले ओलीको सन्देश लिएर नेपालसँग पटक पटक भेटवार्ता गरेका थिए । नेपाललाई अघि सार्दा माओवादी र कांग्रेस दुबैलाई आफठ्यारो पर्न सक्ने आंकलन ओलीको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?