प्रधानमन्त्री ओलीविरुद्ध अवहेलना मुद्दाको सुनुवाइ सर्‍याे, निवेदकले नै दिए मुद्दा स्थगित गर्न निवेदन

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अदालतको आदेश अवज्ञा गरेको दाबीसहित दायर गरिएको मुद्दाको आज हुने भनेको  सुनुवाई सरेको छ।

तत्कालीन विज्ञान तथा प्रविधि मन्त्रालयका सह(सचिव रामआधार साहले प्रधानमन्त्री ओलीविरुद्ध अदालतको आदेशको अवहेलना गरेको भन्दै एक वर्ष कैद र दश हजार जरिवाना माग गर्दै निवेदन दायर गरेका थिए। तर, निवेदक साहले उक्त मुद्दा स्थगित गर्न निवेदन दिएपछि सुनुवाइ सरेको हो।

उक्त निवेदनको सुनुवाइ प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको इजलाशमा पेसी तोकिएको थियो। 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?