काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयमा पहिलोपटक स्ववियु निर्वाचन हुने भएको छ ।
आगामी चैत ८ गतेका लागि स्ववियु निर्वाचनको मिति तोकिएको विश्वविद्यालयका उपकुलपति प्रा.डा. आम्माराज जोशीले लोकपथलाई जानकारी दिए ।
चैत ८ गते निर्वाचन हुनेगरी निर्णय गरिएको उनले बताए ।
‘चैत ८ गते स्ववियु निर्वाचनको मिति तोकिएको छ ।’ उनले भने, ‘निर्वाचनका लागि सबै तयारीहरु भइरहेको छ ।’
२०६९ सालमा विश्वविद्यालयमा स्ववियु स्थापना भए पनि पहिलोपटक मिति तोकिएको हो ।
साविकको शिद्धनाथ बहुमुखी क्याम्पसको स्तरोन्तरी गरी २०६६ सालमा सुदूरपश्चिम विश्वविद्यालय स्थापना गरिएको थियो ।
यता त्रिभुवन विश्वविद्यालयले पनि आगामी चैत ५ गतेका लागि स्ववियु निर्वाचनको तयारी गरेको छ । २०६५ सालदेखि हुन नसकेको निर्वाचनको मिति तोकिएसँगै केन्द्रीय तथा आंगिक र सम्बन्धनप्राप्त क्याम्पसमा निर्वाचन हुन लागेको हो । त्यस्तै अन्य विश्वविद्यालयमा समेत स्ववियु निर्वाचन हुने तयारी गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया