ल्होसार पर्वले आपसी सद्भाव र सामाजिक एकता बढाएको छ : उपराष्ट्रपति पुन

लोकपथ
13
Shares

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले ग्याल्पो ल्होसार पर्वका अवसरमा चाडपर्वको मौलिकताको संरक्षण र प्रवर्द्धन गर्दै मनाउनुपर्नेमा जोड दिएका छन् । शुभकामना सन्देश जारी गर्दै उनले शेर्पा समुदायको मौलिक संस्कृति ल्होसार पर्वले आपसी सद्भाव र प्रेम बढाउनेमा विश्वास व्यक्त गरेका छन् ।

‘महायानी बौद्ध धर्मावलम्बी तथा शेर्पा समुदायको महान् चाड नयाँ वर्ष ग्याल्पो ल्होसार २१५० को अवसरमा शेर्पा दिदीबहिनी तथा दाजुभाइहरु, महायानी बौद्ध धर्मावलम्बीहरु र सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति, सु–स्वास्थ्य, समृद्धि एवम् राष्ट्रको निरन्तर उन्नतिको शुभकामना व्यक्त गर्दछु’ उनले सन्देशमा उल्लेख गरेका छन् ।

हिमाली भेगमा आदिमकालदेखि बसोबास गर्दैआएको शेर्पा समुदायको मौलिक भाषा, लिपि, संस्कृति, रितीरिवाज, भेषभुषासहितको विशिष्ट पहिचान रहेको उनले बताएका छन् । शुद्ध पानी चढाइ देवताको पूजा गर्ने, घरघरमा बौद्ध धर्मावलम्बीहरुको ध्वजा फहराउने, पिठोको परिकार छिमार र अमृत खाने तथा आपसमा शुभकामना आदनप्रदान गरेर मनाइने ग्याल्पो ल्होसारले आपसी सद्भाव र प्रेम बढाउने उनले विश्वास व्यक्त गरेका छन् ।

उनले शुभकामना सन्देशमा भनेका छन्, ‘भातृत्व, सहिष्णुता र एकताको पर्वको रुपमा यसलाई लिइन्छ । ग्याल्पो ल्होसार २१५० ले शेर्पा समुदायको मौलिक संस्कृतिको संरक्षण तथा सम्वर्द्धन गर्नुका साथै नेपालीहरुबीच आपासी सद्भाव, सामाजिक एकता र भातृत्व कायम गरेर राष्ट्रिय एकतालाई सुदृढ् गर्दै समृद्ध नेपाल निर्माणमा लाग्न सबैलाई प्रेरणा दिने विश्वास लिएको छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?