काठमाडौं । ग्यास विस्फोटमा परि आगलागीबाट घाइते नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीेको स्वास्थ्यमा उल्लेख्य सुधार देखिएको छ ।
भारतको मुम्बइस्थित नेशनल वर्न सेन्टरको उपचाररत डा. भन्डारी दोहोरो कुराकानी गर्नेसम्मको अवस्थामा पुगेका छन् ।
डा. भण्डारीसँगै रहेका उनका सहयोगी माधव न्यौपानेले भन्डारीसँग घटनापछि पहिलोपटक दोहोरो संवाद भएको जानकारी दिएका छन् ।
सामाजिक सञ्जालमा लेख्दै न्यौपानेले सोमबारबाटै भ्यान्टिलेटर हटाएर नर्मल मास्कबाट अक्सिजन दिइएको छ ।
अन्य स्वास्थ्य पारामिटर समेत नर्मल रहेको र सुनिएको भाग समेत विस्तारै घटेको उनले बताए ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आज पहिलो पटक दोहोरो संवाद गरेको छु।भेन्टिलेटर हटाएर नर्मल मास्कबाट अक्सिजन दिएको छ। कल्चर रिपोर्ट आज आउदै छ।अन्य स्वास्थ्य पारामिटर नर्मल रहेका छन।सुन्निएको अनुहार घटेको छ।स्वास्थ्य सामान्य तर्फ गईरहेको छ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया