काठमाडौं । नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्थिर भएका कारण गठबन्धनमा गढबढी भइरहेको संकेत गरेका छन् ।
मंगलबार प्रेस चौतारी दैलेखले गरेका पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पूर्वमन्त्री समेत रहेका भट्टराईले एमालेका कारण गठबन्धन टुट्ने दिन नआउने समेत स्पष्ट पारेका छन् ।
‘हाम्रो पार्टी एमालेका कारण कुनै हालतमा गठबन्धन टुट्दैन् ।’ उनले भने,‘ यो विजनेस एमालेले गर्दैन तर, माओवादी केन्द्रका अध्यक्ष अस्थिर हुनुहुन्छ।’
राष्ट्रपति निर्वाचनको विषयमा माओवादीले अस्थिर कुरा गरिरहेको नेता भट्टराईले आरोप लगाए । अस्थिरताले कुनै गन्तव्यमा नपुगिने बताउँदै यदी माओवादीले राष्ट्रपतिको निर्वाचनका लागि गठबन्धन तोडेमा चरम अवसरवाद हुने बताए ।
‘कुनै गन्तव्यमा पुग्नका लागि स्थायित्व हुनुपर्ने हो। उहाँमा त्यो स्थिर देखिदैन्। माओवादी अब ठूलो पार्टी पनि बन्न सक्दैन। उहाँले यो गठबन्धन टुटाउनु भयो भने चरम अवसरवादी हुनुहुनेछ।’ भट्टराईले भने ।
त्यसैगरी तत्कालिन समयमा कांग्रेस माओवादीसहितको गठबन्धनबाट माओवादीलाई कांग्रेसले फालेको भन्दै एमालेले सिंहदरबार पुर्याएको समेत बताए ।
‘उहाँलाई कांग्रेसले बाटोमा फालेको थियो, हामीले उद्वार गरेका हौँ । । त्यसपछि सिंहदरबारमा पुर्यौं। हामी कसैलाई साथ दिन तयार भएर बसेका थियौं। उहाँ हामीलाई खोज्दै आउनुभयो।’ उनले भने ।
नेता भट्टराईले एमालेले रोजेको व्यक्ति नै राष्ट्रपतिको उम्मेदवार हुने समेत बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया