कांग्रेसले गैरदलीय व्यक्तिलाई राष्ट्रपतिको उम्मेदवार बनाउनुपर्छ : डा.कोइराला

लोकपथ
39
Shares

सिन्धुली । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कांग्रेसले राजनीतिक दलभन्दा बाहिरका व्यक्तिलाई राष्ट्रपतिको उम्मेदवार बनाउनुपर्ने बताएका छन् ।

नेपाल प्रेस युनियन सिन्धुलीले मंगलबार सदरमुकाम सिन्धुलीमाडीमा आयोजना गरेको पत्रकार भेटघाटका क्रममा बोल्दै नेता कोइरालाले यस्तो बताएका हुन् ।

नेपाली कांग्रेसबाट सम्भावित राष्ट्रपतिको रुपमा कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको नाम चर्चामा आइरहेको बेला कोइरालाले राष्ट्रपतिको उम्मेदवार गैरदलीय व्यक्ति हुनुपर्ने बताएका हुन् ।

राष्ट्रिय सहमतिका आधारमा नै राष्ट्रपतिको उम्मेदवारको टुंगो लगाउनुपर्ने बताउँदै उनले त्यस्तो सम्भावना कांग्रेसको उम्मेदवारमा मात्रै सम्भव हुने समेत बताए ।

यही फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि फागुन १३ गते उम्मेदवारी दर्ताको कार्यक्रम छ । उम्मेदवारी दर्ताको दिन नजिकिइरहेको बेला दलहरु उम्मेदवार चयनको रस्साकस्सीमा लागेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?