माओवादीमा राष्ट्रपतिबारे निर्णय गर्ने अधिकार प्रचण्डलाई

लोकपथ
78
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने अधिकार पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार बसेको पदाधिकारी बैठकले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने सबै जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको पार्टी उपाध्यक्ष एवं प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । राष्ट्रपतिमा साझा व्यक्तित्वसहित राष्ट्रिय सहमति गर्नुपर्ने माओवादीको अडान रहि आएको छ ।

आइतबार साँझ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका नेताहरुसँग प्रचण्डले राष्ट्रपतिबारे पार्टीको पदाधिकारी बैठकबाट निर्णय गर्ने बताएका थिए ।

बैठकले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी, संविधानको रक्षा र शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउन पनि राष्ट्रिय सहमति खोज्ने निर्णय गरेको पार्टीका उपाध्यक्ष महराले बताए । राष्ट्रपति चुनावमा राष्ट्रिय सहमति खोज्ने नै निर्णय भएको र फागुन १२ गतेसम्म राष्ट्रिय सहमति हुनेमा विश्वस्त रहेको उपाध्यक्ष महराले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?