२० मङ्सिर २०८०, बुधबार

जाजरकोटमा वामपन्थी एकता भत्कियो, शक्तिलाई तनाव

२०७४,कार्तिक,६,सोमवार ०४:४४

9
Shares

जाजरकोट जाजरकोटमा नेकपा (माओवादी केन्द्र ) र नेकपा एमाले वीचमा भएको सहमती तोडिएको छ । एमाले र माओवादीले प्रतिनिधी सभा र प्रदेश सभामा उम्मेदवारी दिएपछि सहमती तोडिएको हो । नेकपा (माओवादी केन्द्र)ले प्रदेश सभा का लागि जाजरकोट क्षेत्र नं १ वाट टिकट पाई गणेसप्रसाद सिंहले उम्मेदवार दत्र्ता गराएपछि एमालेको तर्फवाट प्रदेश सभाकै लागि क्षेत्र १ मा निरज आचार्यले वागी उम्मेदवारी दिएपछि वाम गठवन्धन तोडिएको हो । क्षेत्र १ मा तोडिए संगै क्षेत्र नं २ मा पनि प्रदेश सभामा एमालेका उम्मेदवार करवीर शाहीको विरुद्धमा माओवादीका नरवहादुर कार्किले वागी मनोनयान दत्र्ता गराएका छन् । त्यस्तै केन्द्रको सहमती मा प्रतिनिधी सभामा शक्तिवहादुर वस्नेतको उम्मेदारी विरुद्ध एमालेका गोविन्द विक्रम शाहले वागी उम्मेदवारी दत्र्ता गराएका छन् ।नेपाली कांग्रेसको तर्फवाट प्रदेश सभा क्षेत्र नं १ मा वेदराज सिंह र २ मा दिपकजंग शाह र प्रदेश सभाका लागि राजिवविक्रम शाहको उम्मेदवारी दत्र्ता भएको छ ।

प्रकाशित मिति: २०७४,कार्तिक,६,सोमवार ०४:४४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । संसदको अर्थ समितिले एनसेलको शेयर स्वामित्व खरिदबिक्रीमा भएको विषयमा यथार्थ विवरण १५ दिनभित्र पेश गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाणको पेशी मंसिर २८ गतेका लागि तोकिएको छ । नक्कली भुटानी

रामेछाप । वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले जनतामा संघीयताप्रति वितृष्णा बढ्नुमा संघ सरकारको व्यवहार जिम्मेवार रहेको

भरतपुर । भरतपुरका घर घरमा पुगेर स्वास्थ्यकर्मीले जेष्ठ नागरिक, अशक्त तथा अपाङ्गलाई स्वास्थ्य सेवा दिने कार्य सुरु भएको छ ।

ताजा समाचार