काठमाडौं । सत्ताको मुख्य घटक दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बसेको छ ।
केहीबेरअघि माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक जारी रहेको छ ।
आजको बैठकमा पार्टीका पछिल्ला गतिविधिबारे रिर्पोटिङ गर्ने कार्यसूची रहेको छ । त्यसको साथै आगामी राष्ट्रपति निर्वाचनको विषयमा समेत बैठकमा छलफल हुने बताइएको छ ।

राष्ट्रपतिमा साझा व्यक्तित्वसहित राष्ट्रिय सहमति गर्नुपर्ने माओवादीको अडान रहिआएको छ । यता नेकपा एमालेले भने सरकार गठनका बेला भएको सहमति कायम राख्नुपर्ने अडान कायम गरिरहेको छ ।
आजको बैठकमा राष्ट्रपति निर्र्वाचनबारे छलफल हुने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया