काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अवहेलना मुद्दाको आज सर्वोच्चमा सुनुवाइ हुँदैछ।
प्रधानमन्त्री ओलीविरुद्ध अदालतको आदेश अवज्ञा गरेको दाबीसहित अवहेलना मुद्दा दायर गरिएको थियो । निवेदनमा एक वर्ष कैद र दश हजार जरिवानाको माग गरिएको छ।
नेपाल नापतौल तथा गुणस्तर विभागका कर्मचारी रामआधार साहले प्रधानमन्त्री ओलीविरुद्ध अदालतको फैसला कार्यान्वयन नगरेको भन्दै अवहेलना मुद्दा दायर गरेका हुन् ।
२०७५ मंसिर २७ गते दायर भएको निवेदनको सुनुवाइका लागि आइतबारका लागि पेसी तोकिएको थियो। प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको इजलाशमा उक्त मुद्दाको पेसी परेको थियो।
निवेदनमा संघीय मामीला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, मुख्यसचिव लोकदर्शन रेग्मी र सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेश थपलियालाई समेत विपक्षी बनाइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया