काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक आज समापन हुँदैछ ।
औपचारिकता पूरा गर्दै मंसिर २८ गतेबाट शुरु भएको नेपाली कांग्रेसको महासमिति बैठक नौ दिन पछि समापन हुन लागेको हो । महासमिति बैठकले मुलत विधानमा छलफल गरी अनुमोदन गर्ने एजेण्डा भएपनि बैठकमा संशोधित विधान पेश गर्न नै ढिला भएपछि महासमिति बैठक औपचारिकता पूरा गर्दै समापन हुन लागेको हो ।
महासमिति सदस्यहरुले धारणा राखेपछि सभापति र वरिष्ठ नेताले सम्बोधन गरेर बैठक समापन हुनेछ ।
यसअघि पुस ३ गते नै बैठक सक्ने कार्यतालिका सार्वजनिक भएपनि बैठकमा ढिलो गरी विधान पेश भएपछि महासमिति बैठक लम्बिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया