लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्री भण्डारीलाल अहिरले लिए शपथ

लोकपथ
21
Shares

काठमाडौं । लुम्बिनी प्रदेशमका नवनियुक्तमन्त्री भण्डारीलाल अहिरले पद तथा गोपनियताको शपथग्रहण गरेका छन् ।

सोमबार जनता समाजवादी पार्टीबाट मन्त्री बनेका अहिरले शपथ ग्रहण गरेका हुन् ।

प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री लिला गिरिको सिफारिसमा संविधानको धारा १६८ को उपधारा २ अनुसार कृषि तथा भूमि व्यवस्था मन्त्री नियुक्त गर्दै शपथ ग्रहण गराएका हुन् ।

यसअघि नियुक्त एमालेका एक मन्त्रीलाई बिना विभागीय बनाएर जसपालाई सरकारमा सहभागी गराइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?