दिगम्बर झाको बर्खास्त माग गर्दौ नेकपाका नेताहरुले ज्ञापन पत्र बुझाए

काठमाडौं । नेकपा भित्र नेपाल दूरसंचार प्राधिकरणको अध्यक्षमा दिगम्बर झाको  पदबाट बर्खास्तको माग भएको गरेका छन् ।

पार्टी नेतृत्वलाई ज्ञापन पत्र बुझाउदै सरकारको नेतृत्वकर्ता दल नेकपाका ४३ केन्द्रीय सदस्यहरुले भ्रष्ट र विवादित छवी भएकाहरुको राजनीतिक नियुक्ति र मानपदवी खारेज गर्न माग गरेका हुन् । 

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापन पत्र बुझाउँदै उनीहरुले दिगम्बर झा र विवादित व्यक्तिहरुलाई यथाशीघ्र पदबाट बर्खास्त गर्न अनुरोध गरेका छन् ।

यसअघि गत मंगलबारको  बसेको स्थायी कमिटी बैठकमा नेता योगेश भट्टराईले दिगम्बरको नियुक्तिबारे प्रश्न गरेका थिए ।

नेकपाका नेताहरुले सरकारको कार्यशैलीले कम्युनिष्ट सरकारको गरिमा र लोकप्रियतामा गम्भीर धक्का दिनेतर्फ नेतृत्वको ध्यानाकर्षण पनि गराएका छन् ।नेकपाको जारी स्थायी कमिटीको बैठकमा यसलाई नै छलफलको मुख्य विषय बनाउनसमेत माग गरेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?