काठमाडौं । नेपालमा राष्ट्रपतिको निर्वाचनबारे भारतमा पनि चासो देखिएको छ । भारतीय बुद्धिजिवी एवं प्राध्यापक एसडी मुनीले नेपालमा राष्ट्रपतिको निर्वाचनबारे चासो देखाएका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै मुनीले राष्ट्रपतिका लागि केही व्यक्तिको नाम सुझाएका छन् ।
साथै नेपालमा सर्वसम्मतीबाट राष्ट्रपति बनाउनुपर्ने माग जायज रहेको समेत बताएका छन् । उनले देवेन्द्रराज पाण्डे, लोकराज बराल, दमननाथ ढुंगाना र अनुराधा कोइराला राष्ट्रपतिका लागि योग्य रहेको बताएका छन् ।
उनले लेखेका छन्, ‘नेपालमा सर्वसम्मतबाटत नयाँ राष्ट्रपतिको माग जायज छ । देवेन्द्रराज पाण्डे, प्राध्यापक बराल (लोकराज), दमननाथ ढुंगाना र अनुराधा कोइराला जस्ता इमान्दार र निष्पक्ष व्यक्तिहरु राष्ट्रपतिका लागि योग्य छन् ।’
Demand in Nepal for a consensual new President sounds valid. Non-partisan persons of impeccable integrity and political sensitivity like Davendra Raj Pandey, Prof Baral, Daman Dhungana, Anuradha Koirala deserve to be considered by the political class.
— SUKH DEO MUNI (@SDMUNI) February 20, 2023
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया