लघुवित्त पीडितको आन्दोलनमा माओवादीले जनायो ऐक्यवद्धता

लोकपथ
70
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटीले लघुवित्त संस्थाबाट कर्जा लिएर चर्को ब्याजदरले पीडित भएकाहरुको आन्दोलनमा ऐक्यवद्धता जनाएको छ ।

माओवादी लुम्बिनी प्रदेश समन्वय समितिको बैठकले आन्दोलनमा ऐक्यवद्धता जनाई समस्या समाधानका लागि आफूहरुले पहल कदमी गर्ने बताएका छन् ।

‘लघुवित्त संस्थाहरुबाट हजारौँ मानिसहरु पीडित भएकाले पीडितहरुको आवाजसँग ऐक्यवद्धता जाहेर गर्दै समस्याको हल गर्छौं ।’ माओवादी केन्द्र लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?