सुदूरपश्चिमका मुख्यमन्त्री शाहले भने- ‘मेरै नेतृत्वमा ५ वर्ष सरकार चल्छ’

लोकपथ
77
Shares

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले आफ्नो नेतृत्वमा प्रदेश सरकार आगामी ५ वर्ष चल्ने बताएका छन् ।

सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पत्रकारहरुसँग कुरा गर्दै आफूले विश्वासको मत पाउनेगरी छलफल गरिरहेको र आगामी ५ वर्ष सरकार चल्ने बताए ।

‘विश्वासको मतका लागि सबै दलहरूसँग सकारात्मक छलफल भइरहेको छ। केही दिनमा हामी विश्वासको मत लिन्छौँ । सुदूरपश्चिम सरकार ५ वर्ष निरन्तर चल्छ ।’ उनले भने ।

त्यस्तै सुदूरपश्चिम प्रदेशमा मध्यावधी चुनाव हुने वातावरण बन्ने समेत प्रतिबद्धता व्यक्त गरे ।
‘निर्वाचनमा जाने कुरा कुनै दल अथवा जनताले चाहेका छैनन्, फेरि चुनावमा गए जनताले लखेट्छन्,’ मुख्यमन्त्री शाहले भने ।

गत पुस २७ गते नेकपा एमाले संसदीय दलका नेता राजेन्द्र रावल सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त भएका थिए । तर उनले विश्वासको मत नपाएसँगै शाह संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

हाल सुदूरपश्चिम प्रदेशमा ५३ सदस्य रहेका छन् । जसमा विश्वासको मत पाउन २७ प्रदेश सभा सदस्यको साथ चाहिन्छ ।
नेपाली कांग्रेसका १९ र एकीकृत समाजवादीका ४ गरेर सत्तारुढ पक्षसँग अहिले २३ सांसद छन् । जसकारण अन्य दलहरुसँग पनि शाहले मत पाउनुपर्नेछ ।

विश्वासको मतको लागि उनले छलफल गरिरहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?