कैलालीमा चितुवाको छालासहित दुईजना पक्राउ

लोकपथ
39
Shares

कैलाली । प्रहरीले चितुवाको छाला र वन्यजन्तुका हड्डीसहित दुई जनालाई पक्राउ गरेको छ । कैलालीको लम्कीचुहा नगरपालिका वडा नं.३ टुक्की बजारबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको संयुक्त टोलीले कुइने देखि चिसापानीतर्फ आउँदै गरेका अछाम बिनायक नगरपालिका–६ तोलीका ३६ वर्षीय तुलबहादुर बिक र जुम्ला तातोपानी गाउँपालिका–४ राउत वाडाका ५० वर्षीय तुलबहादुर खत्रीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

बिकले चलाएको से.५ प ८०३१ नम्बरको मोटरसाइकल पछाडि सवार खत्रीको साथमा रहेको झोला जाँच गर्दा चितुवाको छाला बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

उनीहरुको साथबाट प्रहरीले ७ फिट १० इन्च लम्बाई र ४ फिट ७ इन्च चौडाइ भएको चितुवाको एक थान छाला र वन्यजन्तुका २ किलो ९५० ग्राम हड्डी बरामद गरेको हो । दुबै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?