काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले सोमबार पदाधिकारी बैठक बोलाएको छ । राष्ट्रपति चयन लगायत विषयमा छलफल गर्न बैठक बस्न लागेको बताइएको छ ।
राष्ट्रपति निर्वाचनको मिति नजिकिएसँगै माओवादी केन्द्रले राष्ट्रिय सहमतिको अडान लिँदै आएको छ । माओवादी नेता मातृका यादवका अनुसार सोमबार दिउँसो ४ बजेपछि पार्टी मुख्यालय पेरिसडाँडामा पदाधिकारी बैठक डाकिएको हो ।
फागुन २५ गते हुने राष्ट्रपति चुनावमा पार्टीले कसलाई समर्थन गर्ने भन्ने विषयमा पदाधिकारी बैठकमा छलफल गरिने भएको छ । यसअघि नेकपा एमालेसहित सत्ता गठबन्धन दलहरूसँग भएको सहमति अनुसार गठबन्धन दलहरूको तर्फबाट साझा उम्मेदवार बनाउने भनिएको थियो ।
यद्यपि पछिल्लो समय माओवादी केन्द्र र एमालेका नेताहरूले राष्ट्रपति उम्मेदवारको विषयलाई लिएर भिन्न प्रतिक्रिया दिँदै आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया