पूर्वराजाले ठीकै भनेका छन्–प्रा.गौतम (अन्तर्वार्ता)

लोकपथ
203
Shares

काठमाडौं । इतिहासकार प्रा.डा. राजेश गौतमले अहिलेका नेताको यस्तै चाल रहिरहने हो भने देशको भविष्य अन्धकार हुने चेतावनी दिएका छन् ।

लोकपथ टिभीको कार्यक्रम कर्माणिका लागि कुरा गर्दै गौतमले नेताहरु फगत आफ्नो स्वार्थसिद्धीमा लागेकाले देश र जनताको दुर्गती भएको टिप्पणी गरे ।

सत्ता र शक्तिमा पुग्ने र भ्रष्टाचार गर्नेबाहेक नेताहरुमा अरु कुनै सपना नै नरहेको भन्दै प्राध्यापक गौतमले दलहरु राजनीतिक रुपमा भ्रष्टीकृत हुँदै गएको बताए । गठबन्धन संस्कृति त्यसैको द्योतक भएको उनको भनाइ थियो ।

पूर्वराजाले प्रजातन्त्र दिवसको सन्दर्भमा दिएको वक्तव्यमा कतिपय कुरा ठीकै भनेको भन्दै उनले दलहरुसँग संवादमा बसौं भन्नु नराम्रो नभएको उल्लेख गरे ।

तर दलहरुले राजाको वक्तव्यलाई महत्व देलान् जस्तो आफूलाई नलागेको पनि उनले बताए । दलहरुमा आत्मविश्वास खस्कँदो रहेको भन्दै उनले विदेशीको चासो अत्यधिक बढेकामा चिन्ता व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?