राष्ट्रपति निर्वाचनबारे आन्तरिक छलफलमा जुट्यो जसपा

लोकपथ
28
Shares

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनबारे आन्तरिक छलफलमा जुटेको छ ।

आइतबार केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाइ सो विषयमा छलफल शुरु गरेको पार्टी प्रवक्ता प्रकाश अधिकारीले जानकारी दिएका छन् ।

‘पार्टीको आजको बैठकमा मुख्यतया पार्टीको विधान अधिवेशन र त्यसको समयहरुको सवाल र समसामयिक राजनीतिका विषयमा छलफल भयो । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनबारे पार्टीको ध्यानाकर्षण भएको छ । पार्टीले यसमा सोचिराखेको छ । त्यसबारेमा अहिले औपचारिक निर्णय भइसकेको छैन । किनभने कुनै फिचर क्लिएर भइसकेको छैन । कुनै पनि उम्मेदवारहरुको बारेमा टुंगो पनि लागि सकेको छैन । यसमा पार्टीले भर्खरै केही छलफल गर्नुपर्छ भन्ने पक्षमा छैन । छलफल सबै राजनीतिक दलहरुसँग जारी छ । त्यस अवस्थामा पछि पार्टीले निर्णय गर्छ ।’ उनले भने ।

यसअघि जसपाले अन्य राजनीतिक दलहरुसँग समेत छलफल गरेको थियो ।

बैठकमा पार्टीको विधान अधिवेधनको तयारीका विषयमा पनि छलफल गरिएको थियो । विधान अधिवेशन र त्यसको समयतालिकासहितको विषयमा बैठकमा छलफल भएको प्रवक्ता अधिकारीले बताए ।

सरकारलाई समर्थन गरेको जनता समाजवादी पार्टी नेपालले उपराष्ट्रपतिमा दावी गर्दै आएको छ । राष्ट्रपतिको निर्वाचन आगामी फागुन २५ गते र उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ गते हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?