नेपाल सेनाको चिफ सम्मेलन सम्पन्न

लोकपथ
21
Shares

काठमाडौं । नेपाली सेना स्थापनाको २६० औं बार्षिक उत्सवका अवसरमा आयोजित सेना दिवस २०७९ मा सहभागी हुन आएका भारतीय सेनाका पूर्व सेनाध्यक्षहरु र उनीहरुका समकक्षी नेपालका पूर्व प्रधान सेनापतिहरुको सहभागितामा, प्रधान सेनापति महारथी प्रभुराम शर्माको समुपस्थितिमा चिफ सम्मेलन–२०७९ आयोजना भएको छ ।

आईतबार जंगी अड्डामा आयोजित सो कार्यक्रममा सहभागिहरु बीच आपसी हितका विविध विषयहरुमा छलफल भएको छ ।

यसअघि आईतबार नैं नेपाल भ्रमणमा रहेका भारतका पूर्व सेनाध्यक्षहरुले जोमसोमस्थित मुक्तिनाथ मन्दिरको दर्शन तथा पुजापाठ गरेको नेपाली सेनाले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?