१४ जेष्ठ २०८०, आईतवार

युवालाई स्वदेश फर्किन आह्वानसहित ‘छुक छुक छुक छुक’ सार्वजनिक (भिडियोसहित)

२०७९,फाल्गुन,७,आईतवार १७:३१

63
Shares

काठमाडौं । गायक सुरज पण्डितको स्वरमा ‘छुक छुक छुक छुक’ गीत सार्वजनिक भएको छ।

जागृत रायमाझीको शब्द र संगीत रहेको सो गीतमा युवाहरुलाई स्वदेशमै फर्किएर केही गर्न आह्वान गरिएको छ ।

स्वदेशमा रोजगारीको र अवसर नपाउँदा बिदसिने नेपाली युवाको कथालाई मुख्यगरी देखाइएको छ ।

नेपालमा केही गर्छु भन्नेहरू पनि अवसर नपाउँदा बिदेसिनुपर्ने बाध्यता रहेको छ। त्यस्तै विभिन्न दुर्घटनामा परी विदेशमै ज्यान गुमाउन बाध्य छन् नेपाली युवा। विदेशमा दुःख र कष्ट सहिरहेका छन्। युवा बिदेसिँदा गाउँ रित्तो हुने, वृद्धवृद्धा र बालबालिकामात्र गाउँमा बाँकी रहने गीतको म्युजिक भिडियोमा छ।

गरिबलाई लुटेर धनी भएका लुटेराहरूमाथि गीतले व्यंग्य गरेको छ। आफ्नै देशमा केही गरौँ, विभेद, थिचोमिचो र लुटेराविरुद्ध बोलौँ भन्ने गीतको भाव छ।

केदार श्रेष्ठको कथा र निर्देशन रहेको म्युजिक भिडियो मार्मिक छ। भिडियोमा गायक सुरजसहित सबिना गोपाली, सोबिता अधिकारी, शंकर भण्डारी, शक्ति राई, रेजिना बस्नेत, होम बहादुर आचार्यलगायत कलाकारहरुको अभिनय छ।

प्रकाशित मिति: २०७९,फाल्गुन,७,आईतवार १७:३१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडाैं । राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले नेपाली कांग्रेसको भविष्य अध्यारो सुरुङभित्र प्रवेश गर्दै गरेको विश्लेषण गरेका छन् । लोकपथसँग भिडियो

काठमाडाैं । नेपाली उत्पादनको पहिलो विद्युतीय मोटरसाइकल ‘यात्री’को च्यासिस भाँचिएसँगै बजारमा तरंग ल्यायो । गत सोमबार उक्त मोटरसाइकलको च्यासिस भाँचिएको

काठमाडौं । गीतकार शम्भु जमरकट्टेल ‘हेदाङ्गने’को नयाँ गीत ‘कसैलाई यो जीन्दगी’ सार्वजनिक भएको छ । बुधबार शशी कुञ्ज नामक यूट्यूब

काठमाडौं । नायक राहुल केसी र मोडल बिना राउतले अभिनय गरेको नयाँ गीत साईकल सरर…को काठमाडौंमा बिमोचन गरिएको छ ।

ताजा समाचार

गणतन्त्र दिवसमा ४८२ कैदीले पाए आममाफी
 २०८०,जेष्ठ,१४,आईतवार १८:१९