राससले खोजमूलक समाचारलाई प्राथमिकता दिनुपर्छ : मन्त्री शर्मा

लोकपथ
26
Shares
/f;;sf] jflif{sf]T;j sfo{qmddf ;~rf/dGqL zdf{ sf7df8f}F, & kmfu’gM ;~rf/ tyf ;”rgf k|ljlwdGqL /]vf zdf{{ /fli6«o ;dfrf/ ;ldlt -/f;;_sf] ^@cf}F jflif{sf]T;j sfo{qmdnfO{ ;Daf]wg ug'{x’Fb} . tl:a/M rGb|snf If]qL÷/f;;

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रिय समाचार समिति (रासस) ले खोजमूलक आलेख र समाचार संकलनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएकी छन् ।

राससको ६२ औँ वार्षिकोत्सव समारोहलाई आज केन्द्रीय कार्यालयमा आज सम्बोधन गर्दै उनले सूचना प्रविधि र पाठकको रुचिमा आएको परिवर्तनलाई सम्बोधन गर्न खोजमूलक सामग्री उत्पादनमा जोड दिएकी हुन् । स्थानीय समाचारदातालाई अझ बढी व्यवस्थितरुपमा परिचालन गरिनुपर्ने मन्त्री शर्माले बताइन् ।

सेवाग्राहीको संख्या वृद्धि, संस्थामा उपलब्ध स्रोत, साधनको अधिकतम सदुपयोग, आर्थिक रुपमा मितव्ययी बन्ने र भौतिक सम्पत्तिको संरक्षण एवं संवर्द्धनलाई प्राथमिकता दिन पनि मन्त्री शर्माले आग्रह गरे ।

‘आगामी दिनमा रासस थप सबल बन्दै सामाजिक उत्तरदायित्वका सेवामा समेत सहभागी हुन आफ्नै कोषको स्थापना गर्ने योजना ल्याउनुपर्छ, राससलाई अझ बढी विश्वसनीय र प्रभावकारी बनाउन श्रव्यदृश्य समाचार सेवालाई प्राथमिकता दिइ आवश्यक जनशक्तिलाई तालिमको व्यवस्था गर्नुपर्छ, आवश्यक स्रोतसाधन र कर्मचारीको वृत्तिविकासमा सरकारबाट आवश्यक सहयोग हुने विश्वास दिलाउन चाहन्छु’, उनले भनिन् ।

सरकारले सञ्चारमाध्यमसँग सम्बन्धित सबै सरोकार भएकासँग सहकार्य गर्दै संघीयताको मर्म र भावनाअनुरुप स्थानीय तहसम्म अनुभूति हुनेगरी कानुनमा संशोधन, परिमार्जन एवं नयाँ कानुन बनाइ समसामयिक सुधार गर्न लागिएको सरकारका प्रवक्तासमेत रहेका मन्त्री शर्माले बताइन् ।

नेपाली सञ्चारमाध्यममा देखिएका मिथ्या सूचनाको प्रवाह गर्ने तथा सामाजिकद्वेष फैल्याउने काममा नियन्त्रण गर्न सञ्चार सम्बद्ध सबै पक्षको सकारात्मक सहयोगका लागि उनले आह्वान गरिन् । कार्यक्रममा सार्वजनिक गरिएको ‘रासस हिजो र आज’, ‘रासस शैली पुस्तक’ ले पत्रकारिता अध्ययन र अध्यापन गर्ने एवं यस सम्बद्ध सबैका लागि अभिलेख बन्ने विश्वास पनि उनले व्यक्त गरिन् ।

सेवाग्राही सम्मानलाई निरन्तरता दिन पनि मन्त्री शर्माले सुझाव दिइन् । सूचना प्रविधिलाई अधिकतम उपयोग गरी सेवालाई विविधीकरण र व्यावसायिकीकरण गर्दै रासस राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा विश्वसनीय एवं भरपर्दो सञ्चारमाध्यमका रुपमा स्थापित हुनसक्ने विश्वास उनको थियो ।

राससका चारसयभन्दा बढी सञ्चारमाध्यम ग्राहक रहेकामा खुसी व्यक्त गर्दै मन्त्री शर्माले त्यसलाई अझ वृद्धि गरिनुपर्नेमा जोड दिएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?