‘संघर्ष र संयमता काठमाडौंले कर्णालीबाट सिक्नुपर्छ’

लोकपथ
7
Shares

सुर्खेत । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कर्णाली पछि परेपनि कर्णालीबाट काठमाडौं र समर्ग देशले सिक्नुपर्ने कुरा धेरै रहेको बताएका छन् ।

उनले कर्णालीले जुन संघर्ष र संयमता अपनाएको छ, त्यो कुरा काठमाडौंले सिक्नुपर्ने बताए ।

आइतबार कर्णालीको राजधानीमा आयोजित कर्णाली उत्सवमा बोल्दै उनले भने,‘ कर्णालीले उज्यालोको सन्देश देशलाई दिइहेको छ ।’

कर्णालीसँग सबै कुरा नभएपनि संयमतापुर्वक शास फेर्न र बाँचिरहेको बताउँदै शर्माले समाजलाई संयमतालाई पनि परिवर्तनसँग जोडेर लैजानुपर्ने तर्क राखे । ‘भौतिक रुपम देशलाई जसरी लानु छ त्योसँगै आध्यात्मिक रुपमा खुसी कर्णालीसँग काठमाडौंले सिक्नुपर्छ,’ शर्माले भने,‘ सामाजिक रुपान्तरणको विषय दल विशेषको भन्दा पनि देश बनाउने विषय बन्नुपर्छ ।’ जसमा राजनीतिक आग्रह भन्दा पर राखि साझा रुपमा हेर्नुपर्ने हुन्छ र त्यही विषयलाई सम्बोधन गरेर जानुनै आजको नेपाल बन्नु हो ।

शर्मा भन्छन्,‘ सबैको घर ताजमहल जस्तै बन्यो तर भित्र घरेलु हिंसा भइरह्यो भने, सबै ठाउँमा ठुला ठुला एरपोर्ट बनाउने सोचियो त नजिकैको होटेलमा सानो बालकले टेबुल पुछिरहेको छ भने त्यो देश बनेको हुँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?