समाचार स्रोतको रूपमा राससको भूमिका सुदृढ हुँदै जाओस् : राष्ट्रपति भण्डारी

लोकपथ
52
Shares
sf7df8f}F, !% c;f/ . /fi6«klt ljBfb]jL e08f/L dxfn]vf k/LIfssf] sfof{nosf] ^$cf}+ jflif{sf]T;j ;df/f]xsf] a’waf/ pb3f6gkl5 dGtJo JoQm ub}{ . t:jL/ M /Tg >]i7, /f;;

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले तथ्यमा आधारित समाचार र विश्लेषणहरू आफ्ना सेवाग्राहीलाई उपलब्ध गराउँदै विश्वसनीय समाचारको प्रमुख स्रोतको रूपमा राष्ट्रिय समाचार समिति (रासस) को भूमिका अझै सुदृढ हुँदै जाने अपेक्षा व्यक्त गरेकी छन् ।

राष्ट्रिय समाचार समिति (रासस) को ६२औँ वार्षिकोत्सवका अवसरमा एक शुभकामना सन्देश दिँदै राष्ट्रपतिले राष्ट्रको आधिकारिक समाचार संस्थाका रूपमा स्थापित राससले लोकतान्त्रिक प्रतिस्पर्धाको युगमा सोहीअनुरुप आफूलाई क्रियाशील राखेको पाउँदा आफूलाई खुसी लागेको बताएकी छन् ।

शुभकामना सन्देशमा राष्ट्रपतिले भनिएको छ, ‘सूचना प्रविधिको नवीनतम् विकास र प्रयोगबाट आमसञ्चार क्षेत्र प्रशस्त लाभान्वित भएको छ । समाजका हरेक तहसम्म सञ्चारमाध्यमको पहुँच विस्तार भएको छ, जसबाट स्वदेश र विदेशका खबरहरू क्षणभरमै हरेक नागरिकले प्राप्त गर्ने र सुसूचित हुने अवस्था सिर्जना भएको छ ।’

प्रविधिको विकासले सकारात्मक परिवर्तन ल्याएसँगै यसको अर्को पक्षकारूपमा भ्रामक सूचना र समाचारको ठूलो चुनौती थपिएको राष्ट्रपतिको भनाइ छ । सत्यतथ्यपूर्ण, विश्वसनीय, आधिकारिक र भरपर्दो सूचना तथा समाचार आमजनतालाई शीघ्र प्रवाह गरी सुसूचित गराउने कार्यमा राससको दायित्व र भूमिका अझ बढ्न गएको राष्ट्रिपति भण्डारीले आफ्नो शुभकामना सन्देशमा उल्लेख गरेकी छन् ।

‘आफ्नो प्रभावकारिता र पहुँच विस्तार गर्न राससले छापा माध्यमका समाचारका अतिरिक्त श्रव्य÷दृश्य सामग्रीको उत्पादन र वितरणमा समेत जोड दिनु बाञ्छनीय हुन्छ’, सन्देशमा राष्ट्रपति भण्डारीले अगाडि भनिएको छ, ‘आधिकारिक र तथ्यपूर्ण सूचना एवं सञ्चारका क्षेत्रमा राज्यले गरेको लगानीलाई नागरिक हितका लागि उपयोग गर्नु राससको प्रमुख दायित्व हो भन्ने मलाई लाग्दछ ।’

लोकतन्त्रको सुदृढीकरण, दिगो विकास, समावेशी समाज र आर्थिक समृद्धिका पक्षमा कुशल सञ्चारमार्फत राससले अझ योगदान गर्दै जाने राष्ट्रपति भण्डारीले विश्वास व्यक्त गरेकी छन् ।

राष्ट्रपतिले राससको ६२ औँ वार्षिकोत्सवका अवसरमा कार्यरत पत्रकार, कर्मचारी, व्यवस्थापन एवं सेवाग्राहीमा शुभकामना व्यक्त गर्दै आफूलाई अझ अब्बल र नेतृत्वदायी सञ्चारमाध्यम बनाउन सफलता प्राप्त गर्ने विश्वास व्यक्त गर्दै उत्तरोत्तर प्रगतिको कामना गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?