एमालेले दिएको राष्ट्रपतिको उम्मेदवारमा नै राष्ट्रिय सहमति हुन्छ : अध्यक्ष ओली

लोकपथ
39
Shares

विराटनगर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेले दिएको राष्ट्रपतिको उम्मेदवारमा नै राष्ट्रिय सहमति हुने दाबी गरेका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

राष्ट्रपति निर्वाचनमा यसअघि भएकै सहमति कार्यान्वयन हुने र आफूहरूले दिएको उम्मेदवारमा नै राष्ट्रिय सहमति हुने उनले बताए । अध्यक्ष ओलीले उम्मेदवार कसलाई बनाउने भन्ने विषय १३ गते मात्रै सार्वजनिक हुने बताए ।

उनले सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले एमालेले उठाएको राष्ट्रपतिलाई भोट हाल्दैन भन्ने परिकल्पना नै गर्न नसकिने बताए ।

एक अर्काे प्रसंगमा ओलीले पूर्व राजा ज्ञानेन्द्र शाहसँग पुरानै धङधङी रहेकोसमेत बताए । उनले २ सय ४० वर्ष शासन चलाउँदा देश कस्तो अवस्थामा थियो भन्ने प्रश्न गर्दै १५ वर्षको अवधि मात्रै जनताको हातमा शासन आएको उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?