काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग पूर्वाधार नीति तथा कार्यान्वयन सुझाव कार्यदल र यातायात सुझाव सुधार कार्यदलले छलफल गरेको छ ।
आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुवै कार्यकदलका सदस्यहरुले छलफल गरेका हुन् ।
भेटघाटको क्रममा पछिल्लो समय यातायात र पूर्वाधारका विषयमा देखिएका समस्याहरुको बारेमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले पूर्वाधार नीति तथा यातायात सुझाव सुधार कार्यदल गठन गरेका थिए ।
यस्तो छ कार्यदल :
पूर्वाधार :
१. सूर्यराज आचार्य – संयोजक
२. सुनिलबाबु श्रेष्ठ – सदस्य
३. रामेश्वर खनाल – सदस्य
४. अरुणध्वज अधिकारी – सदस्य
५. कोमलराज पाण्डे – सदस्य
६. राजेन्द्रराज शर्मा – सदस्य
७. विरेन्द्र पाण्डे – सदस्य
८. रोजी प्रधानांग – सदस्य
९. मन्त्रालयको योजना महाशाखा प्रमुख (शिव नेपाल) – सदस्य सचिव
यातायात :
१. शरदचन्द्र पौडेल – संयोजक
२. पदम पौडेल – सदस्य
३. मधुसुदन पौडेल – सदस्य
४. बिज्ञानराज शर्मा – सदस्य
५. ई. विजय गौतम – सदस्य
६. यातायात व्यवसायी महासंघ – सदस्य
७. यातायात विभाग महानिर्देशक (तुल्सी गौतम) – सदस्य सचिव
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया