समुन्नत राष्ट्र निर्माण अहिलेको प्राथमिकता : प्रदेश प्रमुख शर्मा

लोकपथ
13
Shares

मकवानपुर । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले लोकतन्त्रको सुदृढीकरण, दिगो शान्ति, सुशासन, विकास तथा समृद्धि हासिल गर्नका लागि सबैलाई राष्ट्रिय प्रजातन्त्र दिवसले प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन् ।

७३ औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा आज एक सन्देश जारी गर्नुहुँदै उनले प्रजातन्त्र स्थापनापश्चात् देशमा संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्तिका लागि विभिन्न समयमा भएका ऐतिहासिक आन्दोलनमा संघर्ष, त्याग तथा बलिदान गर्ने सहिदहरूप्रति उच्च सम्मान अर्पण गरेका छन् ।

उनले सन्देशमा आजको ऐतिहासिक सन्दर्भलाई विगतप्रति गौरबवोध गर्दै समुन्नत राष्ट्र निर्माण गर्ने कार्यमा प्रतिबद्ध रहन प्रण गर्ने दिनका रूपमा सम्झन सबैलाई अनुरोध गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?