निर्वाचन पद, पैसा र पहुँचबाट प्रभावित हुनु हुन्न–प्रमुख निर्वाचन आयुक्त थपलिया

लोकपथ
65
Shares
sf7df8f}F @& c;f]hM lgjf{rg cfrf/;+lxtf cg’udg ;ldltsf] a}7s tyf 5nkmn sfo{qmd cfufdL dªl;/ $ ut] x’g] k|ltlglw;ef / k|b]z;ef ;b:osf] lgjf{rgsf nflu laxLaf/ lgjf{rg cfof]udf a;]sf] lgjf{rg cfrf/;+lxtf cg’udg ;ldltsf] a}7s tyf 5nkmn sfo{qmddf wf/0ff /fVg’x’Fb} k|d’v lgjf{rg cfo’Qm lbg]zs’df/ yklnof . tl:a/ M k|bLk/fh jGt÷/f;;

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचन पद, पैसा र पहुँचबाट प्रभावित नभई निष्ठा, विचार र सिद्धान्तबाट निर्देशित हुनुपर्ने बताएका छन् ।

सातौँ निर्वाचन दिवसको अवसरमा प्रमुख आयुक्त थपलियाले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, मर्यादित र स्वतन्त्र बनाउन सरोकारवाला सबैमा अपील पनि गरेका छन् ।

‘निर्वाचनमा सबै सधैँ सँगै’ भन्ने नाराका साथ मनाइन लागेको सातौँ निर्वाचन दिवसका सन्दर्भमा दिएको सन्देशमा उनले भनेका छन्, ‘सातौँ निर्वाचन दिवसको यो पावन अवसरमा म निर्वाचन पद, पैसा र पहुँचबाट प्रभावित नभई निष्ठा, विचार र सिद्धान्तबाट निर्देशित हुनु पर्छ भन्ने आयोगको मान्यतालाई सकारात्मकरूपमा लिई निर्वाचनलाई स्वच्छ, निष्पक्ष, मर्यादित र स्वतन्त्र बनाउन भूमिका निर्वाह गर्ने राजनीतिक दल, उम्मेदवार, निर्वाचन व्यवस्थापनमा खटिएका कर्मचारी तथा सुरक्षाकर्मी, पर्यवेक्षक, सञ्चारक्षेत्र, अन्तर्राष्ट्रिय समुदाय लगायत सबैप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु ।’

‘निर्वाचनमा सबै सधैँ सँगै’ भन्ने सातौँ निर्वाचन दिवसको नारालाई सार्थक बनाउन सबैको निरन्तर सहयोग, साझेदारी, सहकार्य र समन्वय अझ मजबुत हुनेछ भन्ने विश्वास लिँदै उनले यस पटक सम्पन्न संघीय, प्रदेश र स्थानीय निर्वाचनमा नयाँ सिकाई भएको पनि उल्लेख गरेका छन् ।

एकीकृत निर्वाचन कानूनको मस्यौदा तयार गरी पेश गर्न लागिएको जानारी दिँदै उनले भनेका छन्, ‘आयोगले ती सबै सुझावलाई समेटेर आगामी निर्वाचनको तयारी गर्नेछ भने निर्वाचन कानून र व्यवस्थापनका क्रममा सुधार गर्नुपर्ने पक्षहरूमा पनि दृढतापूर्वक अग्रसर हुनेछ । यसै क्रममा निर्वाचन व्यवस्थापनलाई उपयुक्त नीतिगत, कानूनी र संस्थागत संरचना सहित समयानुकुल बनाउन एकीकृत निर्वाचन कानूनको मस्यौदा तयार गरी पेश गर्न लागिएको व्यहोरा जानकारी गराउन चाहन्छु ।’

वि.सं. २०१५ साल फागुन ७ गते नेपालमा आम निर्वाचन प्रारम्भ भई बालिग नेपाली मतदाताले आफ्नो सार्वभौम अधिकार प्रयोग गर्न पाएको दिनको स्मरणमा आज (फागुन ७ गते) निर्वाचन दिवस उल्लासमय वातावरणमा मनाउँदै छौँ । आयोगको परामर्शमा नेपाल सरकारबाट तोकिएका मितिमा मनाउन लागिएको हो ।

हालै सम्पन्न निर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न गराएर आयोगले आफ्नो संवैधानिक दायित्व कुशलतापूर्वक निर्वाह गरेको भन्दै उनले उल्लेख गरेका छन्, ‘फागुन २५ गते र चैत ३ गते हुने राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सम्पन्न भएसँगै नेपालको संविधान जारी भएपछिको दोस्रो कार्यकालका लागि सबै आवधिक निर्वाचनहरू पूरा हुनेछन् ।’

आयोगले स्थापनाकालदेखि नै निष्पक्षता, स्वतन्त्रता, व्यावसायिकता र विश्वसनीयताको प्रत्याभूति सहित निर्वाचन व्यवस्थापनको दायित्व निर्वाह गर्दै आएकोे उल्लेख गर्दै थपलियाले भने, ‘निर्वाचनको स्वच्छता र विश्वसनीयतामा कुनै प्रश्न उठ्न नसक्ने वातावरण तयार गर्ने कार्यमा सम्पूर्ण राजनीतिक दल, उम्मेदवार, आमसञ्चार तथा सम्बद्ध सरोकारवालाको सहयोग अपरिहार्य हुन्छ भन्ने कुरामा आयोग विश्वस्त रहेको छ ।’

यस वर्षका निर्वाचनको सञ्चालन र व्यवस्थापनका क्रममा आयोगले संविधान र कानूनको पालनासहित अवलम्बन गरेका नवीन अभ्यासहरूको समीक्षाका क्रममा केही सकारात्मक पहल गर्न सकिएको अनुभव भएको उनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?