चन्द्र भण्डारी खतरामुक्त

लोकपथ
35
Shares

काठमाडौँ । आगलागीको घटनामा घाइते भएका नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य चन्द्र भण्डारी खतरामुक्त रहेका छन् । भण्डारीको उपचारका लागि दिल्ली पुगेका योगराज कंडेलले सबै कुराहरु नर्मल रहेको भन्दै प्रशन्नता व्यक्त गरेका छन् ।

उनले डाक्टरहरूको मेहनतले अव ढुक्क भइरहेको भन्दै छिट्टै स्वदेश फर्किने बताएका छन् ।

नेता भण्डारीको उपचारमा अस्पतालमा सँगै रहेका कँडेंलले जानकारी दिँदै ड्युटीमा रहेका डा. प्रसान्त महाराणेसँग भेटेर भएका कुराहरु उल्लेख गर्दै भनेका छन्, ‘सबै कुराहरू नर्मल रहेको जानकारी गराउनु भयो । प्रश्न गर्ने क्रममा मैले सोधे वहाँ होसमा हुनुहुन्छ त ? क्याविन नं. ८ मा रहनु भएका चन्द्र दाईको क्याविनवाट तीन जना नर्सहरू निक्ले । मेरो अगाडी रहनु भएका डा. प्रसान्तले क्याविनवाट निक्लदै गरेका नर्सलाई सोध्नुभयो विरामी जागै हो ? उनीहरूले भने हो । डा. ले मलाई भन्नु भयो मन छ भने भेट भन्नुभयो सो भन्नासाथ नर्सले गाउन लिएर आईन । नर्स म र डा भित्र गयौ । चन्द्रदाईले मलाई दुवै आँखाले लामो समय हेरेको हेर्यै गर्नु भो । हात उठाउन खोज्ने, टाउको उठाउन खोज्ने धेरै कुरा गर्न मन गरे जस्तो भान हुन्थ्यो । अनि डा. र अन्य नर्सलाई हेर्नु भो । मैले दाई हजुरलाई राम्रो भई राछ हामी यही छौं भने । मलाई पनि दाईलाई हेरे पछि मन कस्तो कस्तो भयो अनि निक्ली हाले ।’

कँडेंलले लेखेका छन्, ‘डा. ले भन्नु भो केही चिन्ता लिनु पर्दैन । दाई खतरामुक्त हुनुहुन्छ साथै निश्चिन्त हुन सवैमा अनुरोध छ ।’ उनी भन्छन्, ‘आजको भेटले सकुशल काठमाडौ फर्किनेछौ । एयरपोर्टमा यहाँहरूसँग दाईको भेट शिघ्र हुनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?