पूर्वप्रधानमन्त्री खनाल भारतबाट स्वदेश फिर्ता

लोकपथ
65
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल स्वदेश फिर्ता भएका छन् । भारतीय कम्युनिष्ट पार्टी (माक्सवादी लेनिनवादी) लिबरेसन पार्टीको ११ औँ अखिल भारतीय महाधिवेशनको दुई दिवसीय कार्यक्रममा विशिष्ट अतिथिका रूपमा सहभागी भई उनी आज स्वदेश फर्किएका छन् ।

भारतको पटनामा भएको महाधिवेशनमा नेता खनालले भारतीय कम्युनिष्ट, वामपन्थी र समाजवादीका शीर्षनेतासँग भेटघाट गरेका थिए । पूर्वप्रधानमन्त्री खनालले विश्वमा विद्यमान अन्याय, अत्याचार तथा गरिबी न्यूनीकरणमा विश्व कम्युनिष्ट आन्दोलनको महत्वबारे धारणा राखेको नेता खनालको सचिवालयले जनाएको छ ।

नेपालमा कम्युनिष्टप्रतिको बढ्दो जनमत र विभाजित वामपन्थी शक्तिबारे पनि उनले सो अवसरमा जानकारी गराएका थिए । पार्टीको विदेश विभाग प्रमुखसमेत रहेका नेता खनाल नेतृत्वको भ्रमण प्रतिनिधिमण्डलमा पार्टी उपाध्यक्ष प्रमेश हमाल, सम्मानित नेता खनालकी श्रीमती रविलक्ष्मी चित्रकार र पार्टी विदेश विभाग सचिव डा. शंकर खतिवडा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?