उद्योग र वाणिज्य क्षेत्रमा बजेटको कमी हुँदैन : उद्योगमन्त्री भण्डारी

लोकपथ
39
Shares

बैतडी । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निर्वाचनका बेला गरिएका बाचा पूरा गर्ने र उद्योग वाणिज्यको क्षेत्रमा बजेटको कमी हुन नदिने बताएका छन् ।

मन्त्री भएपछि आज गृहजिल्ला आएका उनले भने, ‘यहाँहरूले दिएको मतको उच्च कदर गर्दै बैतडी र समग्र सुदूरपश्चिमको विकासका लागि सधैँ अग्रसर छु, म जति दिन मन्त्री पदमा रहन्छु, यहाँको विकासका लागि बजेटको कमी हुन दिने छैन ।’

मन्त्री भण्डारीलाई आइतबार उद्योग वाणिज्य संघ र निर्माण व्यवसायी, निजामती कर्मचारी संगठन, एमाले जिल्ला कमिटीले स्वागत गर्ने कार्यक्रम रहेको उनका स्वकीय सचिव लोकेन्द्र भण्डारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?