दुई अर्ब ५० करोडको नागरिक बचतपत्रको बिक्री हुने

लोकपथ
26
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाली नागरिकको लागि लगानीको अफर गरेको छ । राष्ट्र बैंकले दुई अर्ब ५० करोड रुपैयाँ बराबरको नागरिक बचतपत्र बिक्री गर्न लागेको हो ।

यही फागुन १० गतेदेखि फागुन ३० गतेसम्म पाँच वर्षे अवधिको नागरिक बचतपत्र २०८४ ‘क’ (५ वर्षे) बिक्री गर्न लागिएको राष्ट्र बैंकले जानकारी दिएको छ । निष्काशन अवधि २०७९ चैत्र छ गते तोकिएको बचतपत्रको सावाँ भुक्तानी अवधि २०८४ चैत्र छ गते तोकिएको छ ।

राष्ट्र बैंकका अनुसार खरिद गरिएको उक्त बचतपत्र धितो राखेर कर्जा लिन र दिन समेत पाईनेछ । खरिद गरिएको बचतपत्र अर्धवार्षिकरुपमा व्याज भुक्तानी हुनेछ भने भने ११ दशमलव ५० प्रतिशत व्याजदर तोकिएको छ । यो बचत पत्रको व्याज आम्दानीमा व्याज कर लाग्ने छ ।

बचतपत्र खरिदका लागि घटीमा १० हजार रुपैयाँ र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई १० हजारले भाग गर्दा निःशेष भाग जाने अंकसम्मको सिमा तोकिएको राष्ट्र बैंकको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?