यी ६ अपराध गर्नेले अब बाँचुन्जेल जेल बस्नु पर्ने

काठमाडौँ, ६ कात्तिक -मुलुकी ऐन एक सय ६४ वर्षपछि पूर्ण रूपमा नयाँ बनेको छ । नयाँ पत्रिका लेख्छ- तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले डेढ शताब्दीअघि बनाएको ऐन पटक–पटक संशोधन हुँदै आए पनि पूर्ण रूपमा प्रतिस्थापन भएको थिएन । मुलुकी ऐन प्रतिस्थापनसम्बन्धी संसद्ले पारित गरेको विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेपछि कानुन बनेको हो । आगामी १ भदौदेखि मात्र कार्यान्वयनमा आउने मुलुकी ऐनअन्तर्गत फौजदारी कसुरसम्बन्धी कानुनमा हत्या, अपहरण, बहुविवाह, गर्भपतनलगायतबारे सजायको व्यवस्था छ । बाँचुन्जेल जेल बस्नुपर्ने अपराध – क्रूर यातना दिई वा निर्ममतापूर्वक ज्यान मारेको – अपहरण गरी वा वायुयान अपहरण गरी वा विस्फोट गरी ज्यान मारेको – अपहरण गरी वा शरीर बन्धक लिई ज्यान मारेको – सार्वजनिक रूपमा उपभोग हुने पेय वा खाद्य पदार्थमा विष हाली ज्यान मारेको – कुनै जात, जाति वा सम्प्रदायको अस्तित्व नै लोप गर्ने गरी जाति हत्या गरेको वा गर्ने उद्देश्यले कसुर गरेको – जबर्जस्ती करणी गरी ज्यान मारेको

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?