स्थापना दिवसमा नेपाली सेनाको कौशल प्रदर्शन (तस्बिरहरु)

लोकपथ
0
Shares
?????? ?????????? ????? ???? ????????? ?????? ?????? ???????????? ??? ???? ???? ??????????? ????? ????? ?????????? ?????????? ?????????? ??????? ? ?????? ? ???? ???????, ????

काठमाडौं । नेपाली सेनाले शनिबार मुलुकभर विविध कार्यक्रम गरी दुई सय ६० औँ स्थापना दिवस मनाएको छ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अंग नेपाली सेनाले महाशिवरात्रि तथा सेना दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा विषेश कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी महाशिवरात्रि तथा सेना दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने विशेष समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी भएकी छन् । नागरिकको आस्था र भरोसाको केन्द्रविन्दुका रूपमा रहेको सेनाको उनी परमाधिपति हुन् । प्रमुख अतिथिका रुपमा उनले त्यहाँस्थित सैनिक स्मारकमा पुष्पहार अर्पण गरिन् ।

विषेश समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, कायममुकायम प्रधानन्यायधीश हरिकृष्ण कार्की, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललगायत विशिष्ट व्यक्तिको उपस्थिति रहेको थियो ।

हेलिकोप्टरबाट राष्ट्रिय झण्डासहित सेना दिवसको ब्यानर प्रदर्शनी र पुष्पवृष्टि गरिएको थियो । सेना दिवसका अवसरमा सैनिक मञ्चमा परेड (शस्त्राभ्यास) तथा तोप बढाइँ, कवाजलगायत विविध सैनिक कला र सांस्कृतिक कार्यक्रम सञ्चालन भएका थिए । भारतीय सेनाको गोर्खा रेजिमेन्ट र बेलायत आर्मीको टोलीद्वारा व्याण्ड प्रस्तुति दिएको थियो । जङ्गीअड्डा मातहत मुलुकका विभिन्न भागमा तैनाथ पृतना, बाहिनी, गण, गुल्मलगायत निकायमा यो दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिएको थियो ।

हेर्नुहोस् तस्बिरहरु :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?