प्रधानमन्त्री ओली समूहद्वारा नेता नेपाल समूहलाई खेद्ने काम भयो : माधवकुमार नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा एउटा पक्षलाई सिध्याउने प्रयास भएको भन्दै आक्रोशित भएका छन् । 

नेकपामा तत्कालीन एमालेको दुई गुट कायमै रहेको र पार्टी अध्यक्ष केपी शर्मा ओली समूहले माधवकुमार नेपाल समूहलाई खेद्ने काम गरेको उनीहरूको गुनासो छ ।

पार्टी कार्यालय धुम्बाराहीमा शनिवार बसेको स्थायी कमिटी बैठकमा नेता नेपालले पार्टीमा एउटा पक्षलाई सिध्याउने प्रयास भएको भन्दै यस्तो भूल गर्न सरकारलाई चेतावनी दिएका हुन् । 

बैठकमा नेपालसँगै झलनाथ खनाल, महासचिव विष्णु पौडेल, रामबहादुर थापा ‘बादल’ र गिरिराजमणि पोखरेलले आफ्नो धारणा राखेका थिए । 

त्यस्तै सचिवालय र विधानबारे देखिएको अस्पष्टता हटाउनुपर्नेमा जोड दिँदै व्यक्तिलाई हेरेर नभई मापदण्डका आधारमा जिम्मेवारी दिनुपर्ने उनले बताए । 

पूर्व प्रधानमन्त्री समेत रहेका नेता नेपाल आक्रोशित हुँदै प्रधानमन्त्रीको काम अनुगमन र निर्देशन दिने मात्रै भएको भन्दै सबै कामलाई प्रधानमन्त्री कार्यालयमा केन्द्रित गर्न नहुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?