सातामा सेयर बजार ओरालोतर्फ, नेप्से र कारोबार दुबै घट्यो

लोकपथ
13
Shares

काठमाडौं । सेयर बजारमा यो साता खासै उत्साह देखिएन । नियमित कारोबारको लागि यो साता नेप्से चार कार्य दिन मात्र खुल्ला रहेकोमा सुरुवातदेखि नैं घट्न थालेको नेप्सेले साताको अन्तिम कारोबार दिनसम्म पनि निरन्तरता पाएको थियो । जसले गर्दा यो साता नेप्से दुई हजार ७० दशमलव ४१ अंकमा खुम्चिन पुगेको छ ।

यसैगरी ‘क’ बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन सय ९६ दशमलव ४४ अंकमा खुम्चिन पुगेको छ । सातामा दुई सय ५६ वटा कम्पनीहरुको एक लाख ५६ हजार छ सय ६८ पटक सेयर किनबेच भएको छ । जसबाट दुई करोड २३ लाख ८८ हजार तीन सय ३६ कित्ता शेयर किनबेच हुँदा कुल कारोबार रकम आठ अर्ब २५ करोड २२ लाख ७३ हजार चार सय ८४ रुपैयाँ कायम भएको छ ।

यो कारोबार रकम गत साताको तुलनामा झण्डै चार अर्ब रुपैयाँले कम हो । गत साता भने यस्तो कारोबार रकम १२ अर्ब ५२ करोड २१ लाख ७९ हजार तीन सय ९४ रुपैयाँ रहेको थियो । उक्त साता नेप्सेमा दुई सय ६० वटा कम्पनीहरुको दुई लाख २० हजार १२ पटकको कारोबारमा तीन करोड ४६ लाख १३ हजार दुई सय ३५ कित्ता शेयर किनबेच हुँदा सो परिमाणमा रकम कारोबार भएको थियो ।

नेप्सेको नियमित कारोबार कक्ष यो साता चार कार्य दिन मात्र खुल्ला रहेको थियो । जसमध्ये पहिलो, तेस्रो, चौंथो र पाचौं दिन नै नेप्से घटेको थियो भने दोस्रो दिन सार्वजनिक बिदा परेका कारण नेप्सेको नियमित कारोबार कक्ष बन्द रहेको थियो । जसमध्ये पहिलो दिन ६० दशमलव ७७ अंकले घटेर २१ सय २१ दशमलव ८६ अंकमा झरेको नेप्से दोस्रो दिन भने सार्वजनिक बिदा परेका कारण बन्द रहेको थियो ।

तेस्रो दिन पुन १६ दशमलव ४० अंकले घटेर २१ सय पाँच दशमलव ४६ अंकमा झरेको नेप्से चौंथो दिन पनि १३ दशमलव ९० अंकले घटेर दुई हजार ९१ दशमलव ५६ अंकमा झरेको थियो । पाँचौं दिन पुन नेप्से २१ दशमलव १५ अंकले घटेर दुई हजार ७० दशमलव ४१ अंकमा सिमित हुन पुगेको थियो ।

यसैगरी पहिलो दिन १० दशमलव ९९ अंकले घटेर चार सय चार दशमलव ४३ झरेको सेन्सिटिभ इन्डेक्स तेस्रो दिन पुन दुई दशमलव ७४ अंकले घटेर चार सय एक दशमलव ६९ अंकमा सिमित भएको थियो । चौंथो दिन पनि एक दशमलव ५५ अंकले घटेको सेन्सिटिभ इन्डेक्स पाँचौं दिन पुन तीन दशमलव ७० अंकले घटेर तीन सय ९६ दशमलव ४४ अंकमा सिमित हुन पुगेको थियो ।

यो साता हिमालयन डिष्ट्रिलरी प्राली, एनआईसी एशिया बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी, रिडी हाईड्रो पावर कम्पनी आदिको बढी रकम कारोबार भएको छ भने एनआईसी एशिया बैंक, नेपाल टेलिकम, शिवम सिमेन्ट आदिको बढी संख्यामा सेयर किनबेच भएका छन् । बजार पुंजीकरणको आधारमा भने नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स लगायतका कम्पनीहरु अगाडि परेका छन् ।

यस्तो रह्यो यो साता दैनिक शेयर कारोबार (संख्या र रुपैयाँमा)
दिन                  कम्पनी संख्या            कारोबार संख्या             कित्ता                    कारोबार रकम
पहिलो दिन           २५३                         ५१२२६                  ८१३९८४०               ३०४७७३९८१२.९३
दोस्रो दिन            सार्वजनिक बिदा
तेस्रो दिन              २५५                         ३६८८०                  ४६८५८०९              १७८७०१६३७२.७१
चौंथो दिन             २५६                         ३३४८३                  ४८१५१२०                १७३२५७५२०२.७५
पाँचौं दिन             २५६                         ३५०७९                 ४७४७५६७              १६८४९४२०९६.४५
कुल                                                  १५६६६८               २२३८८३३६            ८२५२२७३४८४.८४
(श्रोत नेपाल स्टक एक्सचेन्ज लिमिटेड)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?