अध्यक्ष ओली र चिनियाँ राजदूत चेन सोङबीच भेटवार्ता

लोकपथ
52
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत चेन सोङबीच आज भेटवार्ता भएको छ । एमाले अध्यक्ष ओली र राजदूत सोङबीच दुई देशबीचको सम्बन्ध र मित्रताकाका साथै द्विपक्षीय हितका विषयमा कुराकानी भएको ओलीको सचिवालयले जानकारी दिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष ओलीलाई भेटेर बालकोटबाट निस्केलगत्तै शुक्रबार अपराह्न ओली भेट्न चिनियाँ राजदूत चेन बालकोट पुगेका थिए । सत्ता गठबन्धनमा अविश्वास बढ्दै गइरहेका बेला राजदूत सोङको भेटलाई अर्थपूर्ण रूपमा लिइएको छ ।

राष्ट्रपति निर्वाचन र सत्ता समीकरणबारे सत्ता साझेदार दल एमाले र माओवादीबीच सहमति जुट्न सकिरहेको छैन । शुक्रबार प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच २ घण्टाभन्दा बढी भेटवार्ता भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?