बजेट विनियोजनका सन्दर्भमा निश्चित मापदण्ड बनाऔँ : मुख्यमन्त्री शाह

लोकपथ
42
Shares

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बजेट विनियोजनका सन्दर्भमा त्यसको निश्चित मापदण्ड बनाएर प्रदेश सरकार अगाडि बढ्ने बताएका छन् ।

जिल्ला समन्वय समिति कैलालीले आज धनगढीमा आयोजना गरेको आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रगति समीक्षा एवं अनुभव आदान प्रदान गोष्ठी तथा सातौँ जिल्ला सभा समारोहमा उनले सो कुरा बताएका हुन् ।

कुनैपनि जनप्रतिनिधि तथा प्रदेशसभा सदस्यले बजेट विनियोजन तथा बजेट हाल्ने सन्दर्भमा कमिसनका क्रियाकलाप गरिएको थाहा पाइए उनीहरूलाई कानूनको दायराभित्र ल्याउन लागि आफू अगाडि बढ्ने उनले बताए । मुख्यमन्त्री शाहले मुलुकको समग्र विकासका लागि एउटा प्रक्रियामा जान जरुरी रहेको बताए ।

उनले भने, ‘जबसम्म हामी सिस्टम वा प्रक्रियाबाट अगाडि जान सक्दैनौँ तबसम्म मुलुकको विकास हुन सक्दैन, तपाईं हामी सबै मिलेर विकास गर्नुपर्ने र राम्रो सन्देश दिनुपर्ने छ, मुलुकको विकासका लागि हामीले केही न केही गर्नुपर्ने छ र केही न केही सन्देश दिनु छ र त्योअनुसार हामी अगाडि बढ्नु पर्नेछ ।’

पालिकालाई अझ बढी व्यवस्थित र कार्यक्रममुखी बनाउन ध्यान दिनुपर्ने उनको भनाइ छ । मुख्यमन्त्री शाहले वडा, पालिका, प्रदेश र संघमा जितेका जनप्रतिनिधि पूर्णरूपमा जनताप्रति जवाफदेही र उत्तरदायी हुनपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?