राष्ट्रपतिबाट ३८१ कैदीबन्दीको माफी मिनाहा

लोकपथ
104
Shares

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले ३८१ कैदी बन्दीको कैद माफी मिनाहा गरेकी छन् । राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को मिति फागुन ४ गतेको बैठकको सिफारिसका आधारमा मिति फागुन ७ गतेदेखि लागू हुने गरी विष्णुकुमार लिम्बुसमेतका ३८१ जना कैदीहरूको भुक्तान हुन बाँकी कैद माफी मिनाहा गरेकी हुन् ।

नेपालको संविधानको धारा २७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७ तथा ज्येष्ठ नागरिक ऐन, २०६३ को दफा १२ बमोजिम प्रजातन्त्र दिवस, २०७९ को उपलक्ष्यमा माफी भएको छ । माफी मिनाहा भएको राष्ट्रपति कार्यालयले शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ ।

यस्तै, राष्ट्रपति भण्डारीबाट फागुन ४ गतेको मन्त्रिपरिषद बैठकको सिफारिसका आधारमा पुष्कर गौतमसमेतका १४ जना व्यक्तिलाई विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको सजाय नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम प्रजातन्त्र दिवस, २०७९ को उपलक्ष्यमा माफी भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

हेर्नुहोस् विज्ञप्ति :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?