काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालको निर्देशक पदमा अर्थोपेडिक सर्जन डा. सन्तोष पौडेल नियुक्त भएका छन् । आज शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले मन्त्रीस्तरीय निर्णय गदै डा. पौडेललाई वीर अस्पतालको निर्देशक पदमा नियुक्त गरेका हुन् ।
यसअघि राष्ट्रिय ट्रमा सेन्टरका मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारीसमेत सम्हालिसकेका डा. पौडेललाई कोभिड युनिफाइड केन्द्रीय अस्पतालको जिम्मेवारी समेत हेर्ने गरी छुट्टै नियुक्ति पत्र समेत दिइएको छ ।
यसअघि कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) को निमित्त कार्यकारी अधिकारीको रुपमा प्रा.डा. भुपेन्द्रकुमार बस्नेत थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया