हेटौँडा । हेटौँडा उपमहानगरपालिका ५ गुम्बाचोकमा शनिवार नेपाल कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका विभिन्न पार्टी परित्याग गरी ४६ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
नेपाली कांग्रेस हेटौँडा ५ का वडा सभापति यमबहादुर श्रेष्ठको सभाध्यक्षता तथा हेटौँडा उपमहानगरका नगर सभापति आनन्दराम पराजुलीको प्रमूख आतिथ्यतामा पार्टी प्रवेश कार्यक्रम भएको थियो ।
कार्यक्रममा अतिथिहरु पार्टीका जिल्ला सदस्य एवं संगठन विभाग सचिव भीमसेन महत, ५ नम्बर वडाका अध्यक्ष राजेश बानियाँ, निवर्तमान जिल्ला कोषाध्यक्ष भवसागर श्रेष्ठ, तरुण दल नगर अध्यक्ष सुनिल गिरी, कांग्रेस ५ नम्बर वडा कोषाध्यक्ष रेवतीरमण पहाडी, प्रेस युनियन मध्यमाञ्चल संयोजक राममणि दाहाल, जिल्ला अध्यक्ष कुमार अधिकारी, नेपाल शिक्षक संघका पूर्व अध्यक्ष सम्भुप्रसाद पौडेल, कमलकान्त घिमिरे, राधेश्याम जिम्बालगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा चिनकाजी देसार, डम्बरबहादुर गुरुङ, सिता धिताल, कमला जिम्बालगायत नेकपा र राप्रपा परित्याग गरी ४६ जना नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । नवप्रवेशीहरुलाई प्रमुख अतिथि तथा अतिथिहरुले अविर तथा खाँदा लगाएर स्वागत गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया