काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनकै निवास बालकोट पुगेका छन् ।
राष्ट्रपतिको निर्वाचन नजिकिएसँगै राष्ट्रपतिमा कसलाई अघि सार्ने भन्नेबारे टुंगो लगाउन प्रचण्ड र ओलीबीच निर्णायक छलफल भइरहेको छ । बिहीबार दुईघण्टा लामो छलफल भएपनि उनीहरुबीच सझदारी हुन सकेको थिएन । यसबारे छलफल गर्न शुक्रबार दिउँसो प्रचण्ड बालकोट पुगेका हुन् ।
बिहीबार पनि प्रचण्ड र ओलीबीच बालुवाटारमा छलफल भएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको सो भेटवार्तामा सरकारको काम कारबाहीलाई थप प्रभावकारी बनाउनेलगायत मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो ।
पछिल्लो समय राष्ट्रपतिको उम्मेदवारलाई लिएर प्रचण्ड र ओलीबीचको भेट बाक्लिदै गएको छ ।
प्रधानमन्त्री प्रचण्ड पछिल्लोपटक राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने अडानमा देखिएका छन् भने ओलीले सत्ता गठबन्धनमा यसअघि पुस १० मा भएको सहमति कार्यान्वयन हुनुपर्नेका जोड दिँदै आएका छन् । तर, दुई नेताहरु सहमतिमा पुग्न सकेका छैनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया